तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ : मन्त्री किराँती

ललितपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताउनुभएको छ ।

file photo

गोदावरी नगरपालिका–३ कार्यालयले आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उहाँले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई गोदावरी घुम्न र अवलोकन गर्न आग्रह गर्नुभयो ।

उक्त क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री किराँतीले पछिल्लो समय डेङ्गु डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष सानोराज घिमिरेले वडा नं ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button