मेलम्ची नगरपालिकाद्वारा बाढीपहिरो प्रभावित पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई सहयोग

सिन्धुपाल्चोक । बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको छ ।
गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो । छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद ब्यक्त गर्नुभयो ।

उहाँले मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्तुत भएको भन्दै यसले गाउँपालिकालाई ठुलो सहयोग भएको बताउनुभयो । अध्यक्ष लामाले बाढी ग्रस्त तिनै पालिका मिलेर सघं र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताउनुभयो । हेलम्बु गाउँपालिकाकालाई भोलि रकम हस्तान्तरण गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरुः चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया राख्नुहोस्