तपाईँ सुन्दै हुनुहुन्छः

झापाको विर्तामोड नगरपालिकाले घर सर्वेक्षण गर्ने

भद्रपुर, झापा । झापाको विर्तामोड नगरपालिकाले घरधुरी सर्वेक्षण गर्ने भएको छ । घरधुरी सर्वेक्षणले आवधिक योजना निर्माणमा सहयोग पुग्ने उद्देश्यले नगरपालिकाले घर सर्वेक्षण गर्ने तयारी गरेको नगरप्रमुख धु्रवकुमार शिवाकाटीले बताउनुभयो ।

यसै विषयमा नगरपालिकाले कर्मचारी र जनप्रतिनिधिबीच अन्तरक्रियासमेत गरिसकेको छ ।

घरधुरी सर्वेक्षणका लागि नगरले आरआईएमसी नामक कम्पनीसँग ६० लाख रुपैयाँमा सम्झौता गरेको छ । ०७७ जेठसम्ममा काम सक्ने गरी आरआईएमसीसँग सम्झौता भएको अधिकृत देवराज कार्कीले बताउनुभयो कामलाई अगाडि बढाउँछौं ।’

आवश्यक सबै तथ्यांक डिजिटल प्रविधिमा राख्ने सम्झौता भएको छ । नगरले आवश्यक सबै तथ्यांक संकलन गर्ने गरी फारमको व्यवस्था गरेको छ ।

व्यक्तिगत सबै विवरण एकै क्लिकमा देखिने गरी तथ्यांकलाई राखिने कम्पनीका डाइरेक्टर भरत तिम्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button