तपाईँ सुन्दै हुनुहुन्छः

देशैभरका भूमिहीनलाई भूस्वामित्व दिलाउन सरकार प्रतिबद्ध : मन्त्री श्रेष्ठ 

नवलपरासी । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले देशै भरिका भूमिहीनहरूलाई भूस्वामित्व दिलाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु भएको छ । नेपालको संविधानले हरेक नागरिकलाई उपयुक्त आवासको हक सुनिश्चितता गरेको हुँदा सरकार यसतर्फ संवेदनशील भएर अघि बढेको मन्त्री श्रेष्ठको भनाई थियो ।

पश्चिम् नवलपरासीको सरावल गाउँपालिकामा आज आयोजित पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले भूमि अधिकार तिनै तहका सरकारको साझा सूचिमा रहेको उल्लेख गर्दै देशै भरिका भूमिहीनलाई भूमिको मालिक बनाउन भूमि सरकार लागि परेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले निष्पक्ष र सामाजिक न्याय सहित भूस्वामित्व दिलाउने कार्यमा आयोग केन्द्रित रहने विश्वास ब्यक्त गर्नु भयो ।कार्यक्रममा २५ जनालाई लालपुर्जा वितरण गरिएको छ।

आयोगमा प्राप्त पुराना अधुरो कामको निवेदन मध्ये ९० प्रतिशत अर्थात् दुई हजार २१५ जनाको काम  सम्पन्न भई भूमिहीनहरू लाभान्वित भएको भूमि आयोगका जिल्ला अध्यक्ष देवराज भण्डारीले जानकारी दिनुभयो । नयाँ पुर्जाको लागि पनि सातै पालिकामा लगत सङ्कलन भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button