तीन लाख रुपैयाँको चेकसहित सप्तरीका दुई कर्मचारी पक्राउ
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ गरेको छ ।
गाउँपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित, वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल पक्राउ परेका हुन् ।
सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्