तपाईँ सुन्दै हुनुहुन्छः

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाउनुभएको छ ।

प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनसनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गर्नुभएको हो ।

वार्ताका लागि शनिवारको समय तय गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ । सचिवालयले भनेको छ, “संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रह पत्र पठाइएको छ । आग्रह पत्रमा सङ्घर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानाकर्षण भएको छ ।” पीडितको मागबारे वार्ता, सम्वादका माध्यमबाट तत्काल समाधान गर्न आग्रह गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button