तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले जे बोल्छ, त्यो गर्छ : प्रवक्ता डा.महत

वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले यो देशमा काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ख को प्रथम प्रदेश सभा क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री महतले काँग्रेसले जे बोल्छ, त्यो गर्छ र गर्न नसक्ने कुरा बोल्दैन भन्नुभयो ।

file photo

अर्थमन्त्री महतले देशभरका कांग्रेस नेता कार्यकर्ता एक आपसमा आरोप प्रत्यारोपमा नलागी एकजुट भएर पार्टीका लागि काम गरेको खण्डमा कांग्रेसका सामु कुनै पार्टी टिक्न नसक्ने दाबी गर्नुभयो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ ख का सभापति अनिल सिंहको अध्यक्षतामा सम्पन्न भेलालाई कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, मधेश प्रदेशका पूर्व खानेपानी मन्त्री ओम प्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, संविधानसभा सदस्य अनिल रुंगटा, कांग्रेस नेता राकेश सिंह, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी आजै अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतलाई एक कार्यक्रमबिच वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button