तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा सत्र सय बढिले लिए जन्मका आधारमा नागरिकता

नवलपरासी । सरकारले नागरिकता बिधयेक पास गरेसँगै जिल्ला प्रशासन कार्यालयहरूमा जन्मका आधारमा नागरिकता लिने नागरिकता विहीनको सङ्ख्या दिनहुँ बढ्दो छ ।

बिधयेक पास भएसँगै हालसम्म पश्चिम् नवलपरासीमा जिल्ला प्रशासन कार्यालय परासी बाट १२८७ र ईलाका प्रशासन कार्यालय सेमरीबाट ४८० जना गरी१७६७ जना जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूका सन्ततिले नागरिकता लिएका छन् ।

सिफारिस भएर आएका कागजात नपुगेकाहरुको हकमा आवश्यक अनुसन्धान गरेर मात्र नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो।”पुरै विवरण हेरेर कतिपय अवस्थामा प्रहरी सर्जिबन मुचुल्का उठाइने गरिन्छ “अर्यालले भन्नूभयो -कागजात पुगेका हकमा सेवाग्राहीले सहजै सेवा पाएका छन् ।

पश्चिम् नवलपरासीमा १८ हजार बढी नागरिकता विहीन रहेको अनुमान गरिएको छ ।विभिन्न अवसर सँगै राज्यको सेवा सुविधा बाट वञ्चित भएका यहाँका नागरिकता विहीनहरू नागरिकता पाउन थालेपछि हर्षित बनेका छन् ।

जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरूका सन्तानलाई सरकारले वंशजको आधारमा नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरेको थियो ।

नेपाल नागरिकता ऐन, २०६३ संशोधनका लागि संसदमा विधेयक पेश भएपछि जन्मका आधारमा नागरिकता प्राप्त गरेकाको सन्ततिको नागरिकता वितरण सरकारले रोकेको थियो । संसदमा विधेयक विचाराधीन रहेको तर्क गर्दै नागरिकता वितरण रोकिएपछि जन्मका आधारमा नागरिकता लिएकाको सन्तानहरू नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button