अवरुद्ध बनेको १३ घण्टापछि एकतर्फी खुल्यो राप्ती राजमार्ग
सल्यान । अवरुद्ध बनेको झन्डै १३ घण्टापछि राप्ती राजमार्ग एक तर्फी सञ्चालनमा आएको छ ।

आइतबार बिहान साँढे ७ बजेतिर राप्ती राजमार्गको श्रीनगर कपुरकोट सडकखण्डको त्रिवेणी गाउँपालिका ५ टुनिबोट नजिकै सडक माथिबाट ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको थियो ।
दाङ तुलसीपुरबाट ढुङ्गा फुटाउन मेसिन आएपछि एकतर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । एकतर्फी सडक सञ्चालनमा आएसँगै सवारी साधनहरू आ–आफ्नो गन्तव्यमा गइरहेको उहाँको भनाई छ ।
बिहानदेखि सडक अवरुद्ध हुँदा ठूला सवारी साधनमा गन्तव्यमा हिँडेका यात्रु अलपत्र परेका थिए । दुइतर्फी सडक सुचारु गर्न ढुङ्गा अझै फोड्नुपर्ने खनालको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्