तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणित

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज प्रमाणित गर्नुभएको छ ।

file photo

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गर्नुभएको हो ।

संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button