तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा 

कञ्चनपुर । कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मुल नाराका साथ मङ्गलवार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

कञ्चनपुरका नौ वटै स्थानीय तहहरूमा लक्षित उमेर समूहका व्यक्तिहरूलाई १३ वटा प्राणघातक रोग विरुद्ध खोप लगाई पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित गरिसकेपछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल पार्न तोकिएको कार्य क्षेत्रमा खटिएका महिला स्वयंसेविका, अनमि तथा अहेवलाई नगद राशि तथा प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button