तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिनासँग कतारी राजदुतको बिदाई भेट 

काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद  र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाई भेट गर्नुभएको छ । 

राजदुत हेलले सिंहदरबारस्थित अध्यक्ष ज्यूको कार्यकक्षमा गर्नुभएको बिदाई भेटमा नेपाल   नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो । 

अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । 

उहाँले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र  नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भन्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले कतार लगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरू पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो ।  

उहाँले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्दै  हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भन्नुभयो । यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहोर्‍याउँछु भन्नुभयो । 

भेटमा राजदुतले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताउनुभयो । उहाँले पोखरा लगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चाँसो राखेर नेपाल सरकारका निकायहरूमा ५/६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो समेत गर्नुभयो । उहाँले नेपालले चाँसो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या छैन भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button