प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने गठबन्धनको निर्णय

काठमाडौँ । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन नपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सहभागी शीर्ष नेताहरूले छलफल गरी प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिनुभयो ।
बैठकले प्रधानमन्त्रीले आफ्ना कुरा सदनमा राख्ने समेत निर्णय गरेको नेता पाण्डेले बताउनुभयो ।
यसअघि, बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालले एक कार्यक्रममा बोलेको विषयलाई लिएर राजीनामा दिनुपर्ने भन्दै संसद् अवरुद्ध थियो ।








प्रतिक्रिया राख्नुहोस्