पाल्पामा पहिलो पटक फार्म स्थापना दिबस मनाइयो

पाल्पा । सुन्तला जात फलफुल बिकास केन्द्रको फार्म स्थापना दिवस पहिलो पटक मनाइएको छ । नेपालकै एकमात्र सुन्तला जात फलफुल बिकास केन्द्र रहेको पाल्पामा आज पहिलो पटक फार्म स्थापना दिवस मनाइएको हो ।
राष्ट्रिय फलफुल बिकास केन्द्रका निर्देशक डाक्टर शान्ता कार्कीले यस फार्मको प्रवद्र्धनका लागि सरकारबाट बजेटको व्यवस्थाका लागि पहल भइरहेको बताउँदै यसको क्षेत्र बिस्तार र आर्थिक उपकरण थप गराउने बताउनुभयो ।
यहाँ एक लाखको बिरुवा उत्पादन भइरहेको र अन्य आवश्यक पाँच लाख बिरुवा व्यक्तिगत नर्सरीका लागि उपलब्ध हुने गरेको छ ।
बरिष्ठ बागवानी विकास अधिकृत बोमबहादुर थापाले विसं २०२५ सालमा स्थापना भएको यो केन्द्र सुरुमा प्रयोगशालाका रुपमा स्थापना भएको नेपालकै एकमात्र सुन्तला जात फलफुल विकास केन्द्र रहेको जानकारी दिनुभयो । जनशक्ति न्युन र क्षेत्रफल कम भएकाले काम गर्न समस्या परेको उहाँले बताउनुभयो ।
यहाँ सुन्तला जुनार, कागतीको व्यवसायिक रुपमा प्रवद्र्धन गर्दै गुणस्तरी विरुवा उत्पादन र वितरण हुदँै आएको छ । यस केन्द्रमा उत्पादन भएका बिरुवा बिभिन्न जिल्लामा निर्यात भइरहेको छ ।
अन्य जिल्लामा पनि अनुगमन तालिम र सीप बिकासका कार्यक्रम, सुन्तला जातका रोग तथा प्रकोप नियन्त्रण गर्ने, निजि नर्सरीलाई समेत सहयोेग गर्ने कार्य भइरहेको छ । अहिले ४० हजार विरुवा उत्पादन भएको छ ।
प्रदेश सांसद बिरबहादुर राना र डा पुरनमान बज्राचार्यले सुन्तला जातको उत्पादन राम्रो गरी कागती, सुन्तला र जुनार विदेशमा समेत निर्यात गरेर समृद्ध नेपाल हुने बताउँदै कर्मचारी व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट नर्सरी धनी रैनादेवी छहराका दुर्गाप्रसाद कोइरालालाई दोसल्लाह ढाका टोपीले सम्मान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्