तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम बागमती प्रदेश युवा सम्मेलन सम्पन्न

मकवानपुर । हेटौँडामा भएको प्रथम बागमती प्रदेश युवा सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

प्रदेश युवा परिषद्को आयोजनामा हिजो र आज दुई दिनसम्म भएको सम्मेलनमा सहभागी युवाहरूबाट प्राप्त सुझावका आधारमा ११ बुँदे घोषणापत्र जारी गरिएको हो ।

बागमती प्रदेशका युवालाई सक्षम र सशक्त बनाउँदै युवासँग सम्बन्धित पाँच विविध विषयमा आधारित भएर छलफल गरी ती विषयलाई घोषणापत्रको रुपमा तयार गरिएको हो । घोषणापत्र प्रदेश तथा संघीय सरकार समक्ष प्रस्तुत गरी सरकारको नीति तथा कार्यक्रमहरू मार्फत सुनुवाई गर्न पैरवी गर्ने बताइएको छ ।

कार्यक्रमको समापनका अवसरमा घोषणापत्र मुख्यमन्त्री शालिकराम जम्मरकट्टेललाई हस्तान्तरण समेत गरिएको छ । मुख्यमन्त्री जम्मरकट्टेललाई घोषणापत्र हस्तान्तरण गर्नुहुँदै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरूका सुझावलाई समेटेर तयार पारिएको घोषणापत्र लागु गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री जम्मरकट्टेलले युवाहरूको सीप र क्षमतालाई प्रदेश सरकारले उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । युवाहरूलाई निराश नहुन आग्रह गर्दै उहाँले खेलकुद र युवाको क्षेत्रमा महत्त्व दिएर प्रदेश सरकारले काम गरेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दुई दिने कार्यक्रमको उद्देश्य पुरा भएको बताउनुभयो । युवाहरूको क्षेत्रमा प्रदेश सरकारले राम्रो काम गरेर देखाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।

सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी रुपमा छनौट भई आएका १५० युवाहरूको सहभागितामा रहेको थियो ।

यस्तो छ, ११ बुँदे हेटौँडा घोषणापत्र :

प्रतिक्रिया राख्नुहोस्

Back to top button