तपाईँ सुन्दै हुनुहुन्छः

फिदिम–ताप्लेजुङ सडकखण्ड अन्तर्गत हेवा खोलामा बेलिब्रिज निर्माण सुरु 

पाँचथर । पाँचथरमा बाढीका कारण पूर्णरुपमा क्षति भएको हेवा खोला पुलमा बेलिब्रिज निर्माण थालिएको छ । असार २ गते मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि तत्काल बेलिब्रिज निर्माण कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । 

फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने उक्त खोलाको पुल सडक डिभिजन कार्यालय इलामले मङ्गलवारदेखि निर्माण गर्न थालेको हो । पुल बाढीले बगाएपछि पाँचथर र ताप्लेजुङको सडक सञ्जालबाट विच्छेद भएको छ । 

बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री र कामदार मङ्गलवार बिहानै निर्माणस्थल पुगेका हुन् । पुल निर्माणका लागि एकसाथ ५० जना श्रमिक खटाइएको छ । मौसम प्रतिकुल नभए १५ दिनभित्रमा बेलीब्रिज निर्माणको काम सकिने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button