पाँचथर बाढी अपडेटः बेपत्ता मध्ये एलिशाको शव भेटियो
पाँचथर ।पाँचथरमा बाढीमा परेर बेपत्ता भएका मध्ये एक जनाको शव भेटिएको छ ।
फिदिम –४ स्थित माझिटारमा बोत्तल हाउस होटल सञ्चालन गर्ने हिलिहाङ– ७ की २५ वर्षीय एलिशा माझीको शव भेटिएको हो ।
माझीको शव गए राती धनकुटा छथर जोरपाटी गाउँपालिका – ४ तेलियाको तमोर किनारमा भेटिएको प्रहरीले जनाएको छ । माझिका पती २७ वर्षीय आशिष माझीको अवस्था अज्ञात छ ।
बाढीमा परेका हिलिहाङ ७ का ४५ वर्षीय तिलकुमार तामाङ,फिदिम ५ घर भई हाल फिदिम ४ हेँवा खोलामा बस्दै आएका ५५ वर्षीय राजकुमार राई अझै बेपत्ता छन् ।
जिल्लामा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ भने तीन जना बेपत्ता भएका छन् ।







प्रतिक्रिया राख्नुहोस्