तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्रीद्वारा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शान्ति स्थापनार्थ तैनाथ शान्ति सैनिकको कार्य सहजता एवं सुरक्षाका लागि नवीनतम प्रविधि प्रयोगको सम्भाव्यता पहिचानमा सङ्गोष्ठी फलदायी भएको बताउनुभएको छ ।

काठमाडौँमा सञ्चालन भएको सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्य विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी समापन समारोहमा उहाँले दक्षिण एसियामै पहिलो पटक महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर नेपाललाई प्राप्त भएकोमा संयुक्त राष्ट्रसङ्घप्रति आभार व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्री साउदले विश्व शान्ति स्थापना कार्यमा नेपालले पुर्‍याउँदै आएको योगदानको स्मरण गर्दै भविष्यमा राष्ट्रसङ्घसँग नेपालको साझेदारी कायम रहने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घ सहयोग कार्य विभाग हेर्ने उपमहासचिव अतुल खरेले सफलतापूर्वक सङ्गोष्ठी आयोजना गरेकोमा नेपाल सरकार र नेपाली सेनाको सराहना गर्नुभयो । उहाँले नेपालको प्रस्ताव अनुरुप काठमाडौँस्थित लेभल चारको वीरेन्द्र अस्पताललाई सिरियामा सम्बद्ध गराउने विषयमा तत्काल आवश्यक प्रक्रिया शुरु गरिने तथा महिला शान्ति सैनिकले बासस्थान लगायत दुर्गम स्थानमा खटिँदा भोगिरहेका चुनौतीहरूलाई विशेष रूपले सम्बोधन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button