महोत्तरीमा लम्पीस्किन रोगको प्रकोप
महोत्तरी ।महोत्तरीमा केही समयदेखि पशु चौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्र गतिमा फैलिएको छ । सुरुमा बर्दिबास नगरपालिकामा देखिएको रोग अहिले सम्सी, पिपरा, मटिहानी, औरही, बलवासहित सात पालिकाका करिब ३ हजार गाई गोरु प्रभावित भएका छन् ।
सङ्क्रमित चौपायाको सङ्ख्या बढ्दै गएको पशु चिकित्सकले जनाएका छन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय महोत्तरीका डा. इन्द्रेश झाकाअनुसार महोत्तरीमा यसले महामारीको रूप लिइसकेको छ ।
प्रभावित ठाउँमध्ये बर्दिबासमा १५ र सम्सीमा एक गरी १६ थान गाई गोरु मरेका छन् । सङ्क्रमण फैलिँदै गएकाले मृत्यु हुने चौपायाको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्