तपाईँ सुन्दै हुनुहुन्छः

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपा सचिवालयको निर्णय

Image may contain: 1 person

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आज बसेको बैठकले प्रतिनिधि सभामा रिक्त सभामुख पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले त्यसका लागि पार्टीका तर्फबाट निर्बाचित उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको बैठकपछि नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीलाई जानकारी दिनुभयो ।

सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भएपनि पार्टीका तर्फबाट उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने निर्णय भईनसकेको र बैठकमा त्यस विषयमा कुनै छलफल पनि नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button