तपाईँ सुन्दै हुनुहुन्छः

‘घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउन कार्यविधि बनिसकेको छ’

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो ।

उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भएपनि कानुनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई संवोधन गर्न कठिनाइ भएको समितिमा जानकारी गराउनुभयो ।

बैठकमा समिति सदस्यहरुले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रुपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button