राष्ट्रिय कराँते प्रतियोगिता : आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजेता
झापा । झापाको बिर्तामोडमा भएको प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक टिम मदन भण्डारी स्पोर्टस एकेडेमी च्याम्पियन बनेको छ । सात वटा प्रदेश र आयोजक समिति गरी आठ टिम सहभागी रहेको प्रतियोगितामा एकेडेमी ५ स्वर्ण र २ रजत पदक जित्दै च्याम्पियन बनेको हो ।
दोस्रो हुने बाग्मती प्रदेशले समान ५ स्वर्ण र २ कास्य पदक हात पारेको छ । प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । गण्डकीले दुई वटा स्वर्ण र एउटा कास्य पदक हात पारेको छ । कोशी प्रदेशले एउटा स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्यो । लुम्बिनी प्रदेश पाँचौँ स्थानमा रहेको छ । लुम्बिनीले १ स्वर्ण र ३ रजत पदक जितेको छ ।
सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै छैटौँ स्थानमा रहेको छ । स्वर्ण पदक जित्न नसकेका मधेस र कर्णाली प्रदेश सातौँ र आठौँ स्थानमा रहेका छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा महिलाहरूको ९ र पुरुषहरूको १० गरी १९ वटा इभेन्टमा खेल भएका थिए ।







प्रतिक्रिया राख्नुहोस्