कैलारी गाउँपालिकामा ५ दिन विद्यालय बन्द हुने
कैलाली । कैलालीको कैलारी गाउँपालिकाले ५ दिन विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा जेठ २९ गतेदेखि असार १ गतेसम्म बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
पछिल्लो समय अत्यधिक गर्मी बढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा वर्षे बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाको सूचनामा उल्लेख गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्