तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा आगलागीबाट हुँदा चार वटा फुसको घरगोठ जले

वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आज बिहान आगलागी हुँदा चार वटा फुसको गोठ घर जलेर नष्ट भएको छ । 

स्थानीय छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट आज बिहान ७ः०० बजे अचानक आगलागी हुँदा स्थानीय छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

आगो वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाबाट गएको तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, गएराति पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ प्रशुरामपुर कटिबलुवा निवासी दीपेन्द्र महतोको घरमा आगलागी हुँदा डेढ लाख मूल्य बराबरको क्षति भएको छ । 

गएराति भान्साबाट अचानक सल्किएको आगोले घरमा आगलागी भएको थियो । 

आगलागीबाट ५० हजार नगद, लताकपडा, बर्तन भाडा, खाद्यान्न लगायतका सरसामान जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीय बासिन्दाले तत्काल नियन्त्रणमा लिएको कारण ठूलो घटना नभएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button