तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा अटो र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते 

File Photo

दाङ । दाङमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । दाङको देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु भएको भने ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षीय किरण रोकाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षीय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ वसन्तपुर निवासी ३४ वर्षीय दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवारमा २६ वर्षीय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । 

घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

दाङको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आज दिउँसो पूर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button