तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ’

चितवन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्बलाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन् । उनीहरूको जयजयकार हुन लागेको छ । यो देशका लागि खतरा हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button