श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले श्रोत नखुलेका २० लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला मनपुरग्राम पञ्चायत घर भई हाल धनुषाको जनकपुर जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुर रहेका छन् ।
आज बिहान विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–६ डोम्बाबारीवाट प्रहरीको गस्ती टोलीले उनलाई श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
पक्राउ परेका ठाकुर हुन्डी कारोबारी हुन सक्ने आशंका प्रहरीले गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्