तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीमा रगतको अभाव हुन नदिन सय जनाद्वारा रक्तदान

वीरगञ्ज । वीरगन्ज महानगरपालिका १ छपकैयामा इलाका प्रहरी कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रममा एक महिलासहित १ सय जनाले रक्तदान गरेका छन् ।

इलाका प्रहरी कार्यालय छपकैयाका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजप्रताप सिंह राजपुतको अग्रसरतामा आयोजित रक्तदान कार्यक्रममा स्थानीय युवा, महिला, सुरक्षाकर्मीसहित १ सय जनाले रक्तदान गरेका हुन् ।

गर्मीको समयमा रक्तदान हुन नसक्दा वीरगञ्जमा रगतको अभाव भएकाले त्यसैलाई मध्यनजर गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी नायब निरीक्षक राजपुतले बताउनुभयो ।

रक्तदान कार्यक्रममै समाजसेवी सन्जु साहले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र वीरगन्जलाई नगद ११ हजार रुपैयाँ सहयोग गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरिको उपस्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष मनोज राउत कुर्मी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटी, एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, एमालेका युवा नेता अजय कुमार गुप्ता, विष्णु पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button