राष्ट्रियसभा बैठक : शोक प्रस्ताव पारित
काठमाडौँ । राष्ट्रियसभाको बैठकले तत्कालीन संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन भएको थियो । लामो समयदेखि बिरामी उहाँको ७८ वर्षको उमेरमा आफ्नै निवासमा सिफलमा निधन भएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक आजै साँझ ६ बजेर १६ मिनेटमा बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्