‘विद्यार्थीहरू पलायन रोक्ने किसिमका विश्वविद्यालयको आवश्यकता’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले मुलुकमा विद्यार्थीहरू पलायन रोक्ने किसिमका विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभएको छ ।
शिक्षा मन्त्री राईले परम्परागत विश्वविद्यालय र पाठ्यक्रमका कारण पनि युवा विद्यार्थीहरू विदेश पलायन हुने समस्या रहेकोले युवा पुस्ताको पलायन रोक्न नयाँ स्थापना हुने विश्वविद्यालयहरूले शिक्षा प्रणालीको सुधारसँगै विद्यार्थीको विश्वास जित्न सक्नुपर्ने बताउनुभयो ।
आज बसेको राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल विश्वविद्यालय विधेयक,२०७९ माथि छलफलमा सांसदहरुले उठाएका जिज्ञासाहरूको जवाफ दिनुहुँदै मन्त्री राईले विधेयकमा आवश्यक विषय तथा दफाहरूको संशोधन गर्दै अघि बढ्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले विधेयकको विभिन्न दफा, उपदफामा आवश्यक शब्दावली थप र अनावश्यक शब्दावली हटाउन राय तथा सुझाव राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्