ट्याक्टरको ढालामा च्यापिएर चालकको मृत्यु

चितवन । चितवनमा ट्याक्टरको ढालामा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर २ का २० वर्षीय दिपक परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ११ बजे खैरहनी नगरपालिका वडा नम्बर स्थित कयरखोलामा ना ६ त नम्बरको गिट्टी बोकेको ट्याक्टरको अगाडिको इञ्जिनको भाग उठ्न गई परियार ढालामा च्यापिएका थिए । गम्भीर घाइते उनको ११ बजेर ३० मिनेटमा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्