तपाईँ सुन्दै हुनुहुन्छः

‘मेलम्ची खानेपानी आयोजनामा सरकारले विशेष ध्यान दिनुपर्छ’

सिन्धुपाल्चोक । राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको टोलीले आज मेलम्ची खानेपानीको मुहान स्थल अम्बाथानको अवलोकन तथा निरीक्षण गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, समिति सभापति दिलकुमारी रावल थापा पार्वती एवम् अन्य सदस्यहरु टोलीमा सहभागी हुनुहुन्थ्यो ।

निरीक्षणपछि कुराकानी गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले मेलम्ची खानेपानी आयोजना काठमाडौँ बासीका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । सरकारले विशेष ध्यान दिएर दीर्घकालीन रुपमा पानी लाने काम गर्नुपर्ने उहाँले बताउनुभयो । अन्य क्षेत्रलाई भन्दा महत्त्व दिएर बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष तिमिल्सिनाले स्थानीयको आवश्यकतालाई पनि सरकारले ध्यान दिएर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् जुनसुकै बेला आउने भएकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगतदेखि वर्तमान सम्मका अवस्था र उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अस्थायी रुपमा वर्षामा पनि पानी पठाउन प्रयास भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button