तपाईँ सुन्दै हुनुहुन्छः

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्नेमा राप्रपाको जोड

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

काठमाडौँमा आजदेखि सुरु भएको केन्द्रिय समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको प्रतिवेदन प्रस्तुत गर्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

अध्यक्ष लिङदेनले १७ बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै जनप्रतिनिधिको सङ्ख्यामा कटौती, निशूल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, भ्रष्टाचारप्रति शुन्य सहनशीलता, युवा स्वरोजगार लगायतका प्रतिबद्धता प्रस्तुत गर्नुभयो ।

अध्यक्ष लिङदेनले मुलुक राजनीतिक, आर्थिक सङ्कटतर्फ उन्मुख रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी यसको विकल्प रहेको दाबी समेत गर्नुभयो ।

आजदेखि सुरु भएको पार्टी बैठक ३ दिनसम्म बस्ने प्रवक्ता राजेन्द्र गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button