तपाईँ सुन्दै हुनुहुन्छः

रोशी गाउँपालिकास्थित मंगलटारमा बाढीले पुरिएका सवारी निकाल्ने क्रम जारी 

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित मंगलटारमा आइतबार साँझ वर्षासँगै आएको बाढीले पुरिएका चार वटा सवारी साधन मध्ये तीन वटा सवारी साधन निकालिएको छ ।

रोशी गाउँपालिका वडा नम्बर ९ स्थित मंगलटारमा गएराति वर्षासँगै आएको बाढीले चार वटा सवारीका साधन पुरेको थियो । 

अहिले बाढीले पुरिएका तीन वटा सवारीका साधन निकालिएको छ भने एउटा सवारी साधन निकाल्न प्रयास भइरहेको काभ्रेपलाञ्चोकका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

डिएसपी न्यौपानेका अनुसार बाढीले तीन वटा पिकअप भ्यान र एउटा कार पुरेको थियो । सवारी साधन बाढीले पुरे पनि चालक र यात्रु भने सकुशल रहेका छन् ।

आइतबार साँझ एक्कासी ठुलो वर्षा भएपछि बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको मंगलटारमा लेदो सहितको माटो सडकमा आएपछि सवारीका साधन पुरिएका थिए । 

बाढीसँगै आएको लेदोले चिउरिबासका स्थानीय क्षेत्रबहादुर लामाको घर पनि पुरेको छ । बाढीका कारण करिब तीन घण्टा विपी राजमार्ग समेत अवरुद्ध भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button