प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, परराष्ट्र नीति, पूर्वाधार निर्माण, अर्थतन्त्र सुधार, भ्रष्टाचार न्युनिकरण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्कन नहुने र निर्दोष पर्नु नहुनेमा जोड दिँदै जघन्य घटनाको छानबिनलाई निष्पक्ष भएर निष्कर्षमा पुर्याएर मात्रै छाड्नुपर्ने बताउनुभयो ।
सांसदहरुले भ्रष्टाचार विरुद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।
संसदहरुले विद्युतीय यातायात सञ्चालनलाई सहयोग पुग्ने गरी चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने, ठेक्का लगाउने र समयमा काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, आगामी बजेटमा अर्थतन्त्र सुधारका ठोस योजना ल्याउनुपर्ने लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समाजमा समाज सेवाको आडमा दुर्व्यवहार बढेको भन्दै सांसदहरुले समाज सेवाको आडमा खोटाङमा मदन राईले गरेको दुर्व्यवहारको छानबिन गर्न माग समेत गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्