तपाईँ सुन्दै हुनुहुन्छः

कानुनमा भएका विभेदकारी प्रावधान हटाउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनमा भएका विभेदकारी प्रावधान हटाउनुपर्ने बताउनुभएको छ  ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको मनोसामाजिक अपाङ्गताको दृष्टिकोणबाट विद्यमान कानुनमा रहेका विभेदकारी व्यवस्थाहरू हटाउने सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री गुरुङले ऐन कानुनमा रहेका कमी कमजोरी सुधार गर्दै विभेदकारी प्रावधान हटाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । 

मन्त्री गुरुङले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले गर्ने विभेदपूर्ण व्यवहारको अन्त्यका लागि सचेतनामूलक कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसद्हरुले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूका लागि भएका विभेदकारी प्रावधानको सूक्ष्म अध्ययन गरी विभेदकारी शब्दहरू तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button