तपाईँ सुन्दै हुनुहुन्छः

विधायन व्यवस्थापन समिति बैठक : कार्य परामर्श उपसमिति गठनका सम्बन्धमा छलफल

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा कार्य परामर्श उपसमिति गठनका सम्बन्धमा छलफल भएको छ । 

समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरुले विभिन्न विधेयकका सम्बन्धमा परामर्श गरी अघि बढ्न समितिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

अनिता देवकोटा, देवेन्द्र दाहाल,, सुरेश आलेमगर, खिमलाल देवकोटा, भगवती न्यौपाने लगायतले विभिन्न मन्त्रालयहरूसँग समन्वय गरी समसामयिक विषयमा छलफल गर्नुपर्ने हुँदा समिति अन्तर्गत गठित कार्य परामर्श समिति महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । 

समितिको सभापति संयोजक रहने गरी कार्य परामर्श उपसमितिलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button