सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८ औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले उद्योगी, व्यवसायीको समस्या समाधान गर्न सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सजस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले ग्रिलजन्य सामग्रीको उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । ग्रिल व्यवसायीको भविष्य राम्रो रहेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्