तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

मकवानपुर।मकवानपुरमा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको हो ।

बुधबार साँझ काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका–५ का २५ बर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलको पछाडि बसेका सोही स्थानका २० बर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामापरि घाइते भएका मोटरसाइकल चालक मलाहको हेटौँडा अस्पतालमा उपचारका क्रममा र पछाडि बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button