बाख्मुतमा २० हजार भन्दा बढी रुसी सेना मारिएका अमेरिकाले दाबी
काठमाडौं । युक्रेनी सहर बाख्मुतमा ५ महिना चलेको युद्धमा २० हजार भन्दा बढी रुसी सेना मारिएका अमेरिकाले दाबी गरेको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले बाख्मुतमा थप ८० हजार रुसी सैनिक घाइते भएका बताउनु भएको छ ।
मारिनेमा आधा भन्दा बढी निजी सुरक्षा कम्पनी वाग्नरमा रहेका अमेरिकी अधिकारीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
रुसले विगत केही महिना देखि बाख्मुत सहर कब्जा गर्न भीषण युद्ध जारी राखेको छ ।







प्रतिक्रिया राख्नुहोस्