नेपालले तीन विकेट गुमायो ,बर्षाले खेल रोकियो
काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।
यसैक्रममा नेपालले आफ्ना तीन विकेट गुमाएको छ । पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको नेपालले त्यसपछि ३ रन बनाउदा तीन विकेट गुमाएको छ ।
नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन् भने भीम सार्की १ रन बनाएर आउट भएका छन् । त्यस्तै आसिफ सेख ३१ रन बनाएर आउट भएका छन् ।
वर्षापछि टियु क्रिकेट मैदानमा जारी नेपाल र कुबेतको खेल रोकिएको छ ।
२३.२ ओभरको खेल चलिरहँदा बर्षा भएपछि अम्पायरले खेल रोकेका हुन् ।
यस खेलमा लगातार तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हालेका छन् ।







प्रतिक्रिया राख्नुहोस्