तपाईँ सुन्दै हुनुहुन्छः

बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा । बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायम गरिरहनु भएको छ ।

यादवले हालसम्म २२ हजार ९६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा १९ हजार २७९ मत र नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ३५४ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ६०० मत प्राप्त गर्नुभएको छ । त्यस्तै आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले  २ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

उपेन्द्र यादव निकटतम प्रतिस्पर्धी शिवचन्द्र कुसवाहा भन्दा २ हजार ८१७ मतले अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button