‘उद्यमशीलता विकास र वर्षमा १० हजारलाई रोजगारी पहिलो प्राथमिकता’
जुम्ला । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले साना उद्योग स्थापना र रोजगारी सिर्जना कर्णाली सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
कर्णालीको कृषि र वन पैदावारमा आधारित उद्योग स्थापनासँगै बेरोजगारी अन्त्य प्रदेशको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । आर्थिक सम्पन्नता र सामाजिक न्याय सहितको कर्णाली प्रदेश निर्माण गर्ने अठोटमा साथ अघि बढेको उहाँले बताउनुभयो ।

जुम्लामा सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शर्माले कर्णालीमा के छैन भनेर खोज्नुपर्ने उल्लेख गर्नुभयो । तर, संघीय सरकारको अर्जुन दृष्टिमा कर्णाली नपर्नु र सङ्घीयतापछि प्रदेशलाई पर्याप्त अधिकार नदिनुले कर्णालीमा अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।
शपथसँगै हरेक वर्ष १० हजार युवालाई रोजगारी दिने निर्णय गरेको बताउँदै मुख्यमन्त्री शर्माले आगामी नीति तथा कार्यक्रममै उद्योग स्थापना, उद्यमशीलता विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका क्षेत्रमा पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्