जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा रहन स्थानीय तहलाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राकृतिक जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा रहन स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज काठमाडौँमा आयोजना गरेको विपद् जोखिम व्यवस्थापन नीतिगत: व्यवस्थादेखि अभ्याससम्म विषयक राष्ट्रिय कार्यशालामा गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापन सूचना प्रणालीलाई थप सुदृढ गर्दै बहुप्रकोपिय पूर्व सूचनालाई प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो ।
विपद् र जलवायु परिवर्तनका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुक भएकाले जोखिम न्यूनीकरणको विषय सबैको साझा हुनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्