तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन : चितवन क्षेत्र नं.२ को मत गणना सुरु 

चितवन । चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मत गणना सुरु भएको छ । 

चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आज अपराह्न २ः०० बजेबाट मतगणना शुरु भएको हो । अहिले इच्छाकामना गाउँपालिकाको १ र ३ नं. वडाको मत गणना भइरहेको छ ।

मतदानको दिन राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेका विषयमा विवाद भएपछि मतगणना हुन सकेको थिएन । 

यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button