तपाईँ सुन्दै हुनुहुन्छः

एक दिनमै अन्त्य भयो गण्डकी प्रदेश सभाको अधिवेशन

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको हो । 

प्रदेश सभाको दोस्रो अधिवेशन ९ वैशाखमा बोलाइएको थियो । उक्त दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राख्नुभएको थियो । उहाँले प्रदेश सभामा राखेको प्रस्ताव बहुमतले अस्वीकृत भए पश्चात् उहाँको नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्यो । 

नयाँ मुख्यमन्त्री नियुक्त नभएको अवस्थामा एमाले नेता अधिकारी कामचलाउ सरकारको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको मन्त्रिपरिषद्ले प्रदेश सभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो । मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेपछि भने नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख बाट अहिले सम्म आव्हान भएको छैन  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button