चौथो जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु,साढे २ सय खेलाडी सहभागी
जुम्ला । चौथो जुम्ला- रारा अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ । चौथो म्याराथनको सोमबार बिहान ७ बजेबाट सुरु भएको हाे । प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले उद्घाटन गर्नु भएको छ । जुम्ला -रारा ४९ किलो मिटर दौड,पाँच किलो मिटर र एक किलोमिटर दौड प्रतियोगिता भएको छ ।
कर्णालीका मुख्यमन्त्री शर्माले कर्णालीको आर्थिक सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रकाे प्रर्बद्दन जरुरी रहेको बताउनु भएको छ ।
कर्णाली समृद्धिको आधार भनेकै पर्यटन हाे । पर्यटनलाई खेल क्षेत्रले प्रवर्द्धन गर्छ । उहाँले भन्नू भयो,”कर्णालीको पर्यटन प्रर्बद्दनमा अल्ट्रा म्याराथन काेशेढुंगा सावित हुने छ । कर्णाली सरकार खेल क्षेत्रकाे प्रर्बद्दन गर्न तयार छ ।”
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । जुम्ला रारा म्याराथन लगायत अन्य खेलहरूको प्रर्बद्दनमा टेवा पुग्ने उहाँको भनाई छ । परिषद्ले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअलेटिच्युट ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भइसकेको जानकारी दिनुभयो ।
४९ किलोमिटर दौडान १२ महिला सहित ५१ जना, १ किलोमिटर दौडमा ८७ जना र पाँच किलोमिटर दौडमा १०७ जना खेलाडी सहभागी रहेका छन् । करिब साढे २ सय खेलाडी प्रतियोगितामा सहभागी भएका छन् ।हरेक वर्ष कर्णाली स्पाेर्ट क्लबले अल्टा रारा म्याराथनको आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्