उपनिर्वाचन : बारा–२ मा २ बजेसम्म ४० प्रतिशत मतदान

बारा । बारा क्षेत्र नं २ मा आज दिउँसो २ बजेसम्म ४० प्रतिशत मतदान भएको भएको छ ।
बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको र २ बजेसम्ममा ४० प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस क्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ ।
यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।







प्रतिक्रिया राख्नुहोस्