कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टिकरण
भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी

तनहुँ । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ।
मौनअवधि सुरू भइसकेपछि अर्थात् बैशाख ७ गते राति मोबाइलबाट भ्वाइस म्यासेज पठाएर मत मागेको उजुरी परेपछि नेपाली कांग्रेसका उम्मेदबार भट्टराईलाई स्पष्टिकरण सोधिएकाे हाे ।
समितिले उहाँलाई २४ घन्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैं वा प्रतिनिधिमार्फत् उपस्थित भएर स्पष्टिकरण पेश गर्न भनेको छ।







प्रतिक्रिया राख्नुहोस्