बिद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ मूल्यको क्षति

बारा । बाराको जीतपुरमा एक इलेकट्रोनिक्स पसलमा बिद्युत् सर्ट भई आगलागी हुँदा लाखौँ मूल्यको क्षति भएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको अन्सारी इलेकट्रिकल एण्ड ईलेक्ट्रोनिक्समा आगलागी भएको हो ।
गएराती पसलमा आगलागी हुँदा करिब ४५ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
आगलागी भएको करिब ३० मिनटभित्र स्थानीय, जीतपुरसिमरा उपमहानगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।
आगलागीबाट पसलको गोदाममा बढी क्षति भएको छ ।







प्रतिक्रिया राख्नुहोस्